रौतहट १३ बैशाख ।। रौतहट जिल्लाको परोहा नगरपालिकामा नेपाली काँग्रेस पार्टीको तर्फबाट पुन: मेयर पदमा शेख वकिलले उमेद्वारी मनोनयन पत्र दर्ता गराईका छन् । अस्थायी निर्वाचन अधिकृतको कार्यालय परोहामा पुगेर आफ्नो मेयर पदमा मनोनयन पत्र दर्ता गराउदै फेरि बिकासको गतिलाई निरन्तरता दिनको निमित जिताउन परोहा नगरवासी संग हाथ जोडेर विनम्र विन्ती गरेका छन् ।
काँग्रेस पार्टीको तर्फबाट मेयर पदमा शेख वकिल उपमेयर पदमा परोहा नगरपालिकाको चर्चित नेता रामचन्द्र गीरीको श्रीमती लगायत ४७ सिटमा पुरै प्यनलले उमेद्वारी मनोनयन पत्र दर्ता गराईका छन् । एक असल नेतृत्व,अभिभावक र कुसल समाजिक व्यक्तित्व रहेकोले उनलाई परोहा नगरवासीको आशिर्वाद चाहियो उनले बताएका छन् ।
फेरि पहिलै अपेक्षा तीव्र गतिमा विकासको लागि पुनः मेयरमा शेख वकिल जस्तो क्रान्तिकारी,असल नेतृत्व, कुसल समाजिक व्यक्तित्व बिकसिल नेताको पक्षमा मतदान गर्न उनले नगरवासी संग विन्ती समेत गरेको हो।