रौतहट १३ वैशाख ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा जनक्रान्तकारी नेकपा माओवादी केन्द्रको तर्फबाट शम्भु सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

सयौं स्थानीय जनता,नेता, कार्यकर्ताको संगै युवा नेता सिंह दुर्गा भगवती मन्दीर मत्सरीको दर्शन र परिक्रमा गर्दै अस्थायी निर्वाचन अधिकृतको कार्यालय गंगापिपरामा गएर मनोनयन पत्र दर्ता गराएको हो । सिंह संग विभिन्न २७ पदमा मनोनयन पत्र दर्ता गराइएको बताएका छन । उम्मेदवारी दिएपछि पत्रकारहरु संग कुरा गर्दै उम्मेदवार सिंहले एकत्रित भएको जनताको जनशैलावले दुर्गा भगवतीबासीले परिवर्तन चाहेको छ ।

यसपाली परिवर्तन भएर छाड्ने छन् । विकासको लहर ल्याउने, भ्रष्टाचारीलाई कारवाही गर्ने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने, गरिव असहायलाई रोजगारीको प्रवन्ध मिलाउने, पालिकाको पाँचै वडालाई वडा मैत्री बनाएर अघि बढ्न प्रमुख प्राथमिकताको सूचीमा रहेकोले पालिकावासीको आशिर्वादको साथै गोलाकारमा हसिया हथौडामा मत दिई विजयी बनाउने अपिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here