रौतहट २८ चैत ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा लाेकतान्त्रिक समाजवादी पार्टीका वृहत पार्टी प्रवेश कार्यक्रम सभ्य एवं भब्य रुपमा भएको हो । गौरको रामजनकी धर्मशालामा गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा नपाका निर्वाचित दुई वडा अध्यक्ष लगायत सैकडौ कार्यकर्ता र विभिन्न न पा का विभिन्न पार्टीका नेता कार्यकर्ता आज विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेका छन् । गौर नगरपालिका वार्ड नम्बर ४ बाट नेकपा एमालेबाट निर्वाचित वार्ड अध्यक्ष भुनेश्वर शाही र नेपालि कांग्रेसबाट निर्वाचित वार्ड नम्बर १ का वार्ड अध्यक्ष भारत प्रसाद साह लोसपामा प्रवेश गरेका हुन् l उनीहरुलाई लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले टिका लगाई पार्टि प्रवेश गराएका हुन् l

कार्यक्रम लाई सम्बोधन गर्दै लोसपा नेपालका बरिष्ट नेता संघीय संसद एवं पुर्व उप प्रधानमन्त्रि माननीय राजेन्द्र महतोले वृहत पार्टी प्रवेश कार्यक्रममा जानसमुदायको जमात र उपस्थिति देखेर लाेकतान्त्रिक समाजवादी पार्टीका चुनाव चिन्ह साईकल चाप चलिरहेको नभए तीव्र गतिमा रहेको र जिल्लाको १८ वटा पालिकाहरु मध्ये गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ताले सन्तोष जनक कम गरेको द्वी गरेका हुन् ।

उक्त कार्यक्रममा लोसपा नेपालका जिल्ला अध्यक्ष लिला शाहको अध्यक्षतामा लोसपा नेपालका बरिष्ट नेता संघीय संसद एवं पुर्व उप प्रधानमन्त्रि माननीय राजेन्द्र महतो,लोसपा नेपालका कार्यकारी सदस्य,संघीय संसद एवं पर्व मन्त्रि माननीय अनिल झा ,प्रदेश सांसद बाबु लाल शाह ,लोसपा नेपालका कार्यकारी सदस्य केशव झा ,लोसपा नेपालका केन्द्रिय नेता, गौर न पा को नगर प्रमुख अजय गुप्ता,लोसपा नेपालका केन्द्रिय नेता, गौर न पा को नगर प्रमुख प्रत्याशी अनिल सिंह ,मधेश प्रदेश समितिका सदस्य शेख ज्म्सैद ,मधेश प्रदेश समितिका सदस्य श्याम सुन्दर पटेल ,मधेश प्रदेश समितिका सदस्य अवध लाल यादव ,लोसपा नेपालका गौर न पा को उप प्रमुख प्रत्याशी उषा झा , लोसपा नेपालका महिला जिल्ला अध्यक्ष शान्ति झा , गौर न पा वडा न.१ वडा अध्यक्ष प्रत्याशी भरत शाह कानु , गौर न पा वडा न.४ वडा अध्यक्ष प्रत्याशी भुनेस्वर शाही ,लाेकतान्त्रिक युवा संघ का अध्यक्ष ओम प्रकाश शाह मधेशिया लगायत सुरक्षाकर्मी, संचारकर्मी सहित हजारौको जनसहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here