रौतहट, ०३ भदौ ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले वार्षिक समीक्षा नबुझाएपछि आर्थिक कारोबार गर्नमा रोक लागेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ सुरु भएको तीन महिना बितिसक्दा पनि नगरपालिकाको खाता सञ्चालन हुन् सकेको छैन । नगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा नबुझाएकोले खाता रोक गरि आर्थिक कारोबार गर्न बन्द गरिएको छ ।

पालिकाको खाता बन्द भएकोले आर्थिक कारोबार ठप्प रहेको करण विकासका कामहरु अस्तब्यस्त बनेका नगरपालिकाको सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत रबिन्द्रकुमार झाले बताएका छन् । उनका अनुसार नगरपालिकाको नगरसभा समयमा भए पनि वार्षिक बजेटकाे समीक्षा समयमा नपठाएको करण खाता ठप्प भएको बताएका छन् ।

खाता कहिलेदेखि सञ्चालन आउनेबारे आफू जानकार नभएको उनले बताए । खाता बन्दका करण विभिन् समस्याहरु पालिका सृजना भएको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here