जनकपुरधाम १५ चैत ।। धनुषाम मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सबैलाका चार जना बालकको जनकपुरमै सामूहिक अन्त्येष्टि गरिएको छ । मंगलबार प्रादेशिक अस्पतालमा पोस्टमार्टम पश्चात जनकपुरधामको स्वर्गद्वारी अस्मसानघाटमा चारैजना मृत बालकको अन्त्येष्टि गरिएको हो ।

गाउँमा अन्त्येष्टि गर्न शव लगिए मृतक परिवारको अवस्था झनै बिग्रिने सम्भावनालाई मध्यनजर गर्दै जनकपुरमै अन्त्येष्टि गरिएको स्थानीय कारी यादवले बताए । अन्येष्टिमा माओवादीका नेता मातृका प्रसाद यादव समेत सहभागी थिए । मृतक बालकहरु नेता यादवकै छिमेक थिए ।

सोमबा राति ८ बजे पाँचजना सवार भएर चलाएको मोटरसाइकल दुर्घटना हुँदा सबैला नगरपालिका २ का चार जना बालकको मृत्यु भएको थियो । एकजना घाइते छन् ।

सोमबार राति ८ बजे धनुषाकाबे सवैला नगरपालिका १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा सबैला नगरपालिका वडा नं. २ बस्ने सन्तोष यादका छोरा १५ वर्षीय राहुल यादव, वर्ष १२ का लक्ष्मी यादव, रामपुकार यादवका १४ वर्षीय छोरा सुमित यादव, बद्री यादवका १२ वर्षीय छोरा बौका भन्ने विकास यादवको मृत्यु भएको थियो ।

दुर्घटनामा स्थानीय रामबहादुर यादवका १९ वर्षीय छोरा सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

उनीहरु रघुनाथपुर बजारबाट मासु खाएर फर्किँदै गरेको बेला दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार राहुल यादवले हेल्मेट बिना ज ६ प ६७३९ नम्बरको मोटरसाइकल चलाउँदै थिए ।

परिवारजनका अनुसार दुर्घटनामा परेका पाँचैजना प्रायजसो सँगै बस्थे। गाउँमा उनीहरु साइक नै चलाउँथे। राहुलले भने गाउँमा कहिलेकाहीँ मोटरसाइकल पनि चलाउँथे । विदेशबाट फर्केपछि उनका काका शंकर विहारी यादवले मोटरसाइकल किनेका थिए । सोही मोटरसाइकल उनले पनि कहिलेकाहीँ चलाउँदै आएका थिए ।

दुर्घटनाले एउटै टोलका चार जना बालकको मृत्युले सिंगो गाउँ नै शोकमा डुबेको छ । परिवारजन मर्माहत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here