बझाङ ०५ असार ।। बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा मन्त्री सिंहसहित चारजना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

अन्य घाइते तीनजनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here