सिरहा २२ साउन ।। सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको सौर्य सिमेन्ट उद्योगमा भइरहेको आन्दोलनको समाचार संकलनमा पुगेका संचारकर्मीहरुमाथि निर्घात कुटपिट भएको छ । उद्योग संचालककै निर्देशनमा प्रहरीले सिरहाको कर्जन्हा स्थित रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरविन पासमान माथि निर्घात कुटपिट गरेको हो ।

निर्घात कुटपिटबाट घाइते भएका दुबैजना सञ्चारकर्मीको कर्जन्हा स्थित फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।शौर्य सिमेन्ट उद्योगमा कन्ट्रयाक्टर मार्फत काम गर्ने स्थानिय मजदुरहरु साउन ३ गतेदेखि आन्दोलित छन् । आन्दोलनकै समाचार संकलन गर्न शौर्या सिमेन्ट उद्योग पुगेका संचारकर्मीद्वय ठाकुर र पासवानमाथि आक्रमण भएको हो ।

न्यूज बनाउन खोजेको ? भिडियो बनाउने, तलाई ठिक पार्छु भन्दै प्रहरीले आफुहरु माथि भाटा प्रहार गरेको संचारकर्मी ठाकुरले गुनासो गरे ।सञ्चारकर्मी ठाकुर र पासमानको पिठ्यूमा र हात खुट्टामा ठुलो डाम आउने गरि प्रहरीले भाटा प्रहार गरेका छन् ।

शान्तपुर्ण धर्नामा बसेका मजदुरहरुमाथि प्रहरीले भाटा प्रहार गर्दै धपाउन खोजेपछि तनाब भएको थियो । त्यस क्रममा केही मजदुर घाइते समेत भएका छन् । उद्योगीको सेटिङ्गमा प्रहरीले कुटपिट गरेको मजदुरहरुले बताएका छन् ।

सञ्चारकर्मीमाथि भएको कुटपिट घटनाको रेडियो गंगाजलका प्रबन्ध निर्देशक तथा राष्ट्रि दलित पत्रकार संघ शाखा कार्यालय सिरहाका अध्यक्ष सरोज कुमार पासमानले भत्र्सना गरेका छन् । घटनाको तुरन्त छानबिन गरी दोषी प्रहरीमाथि कानुन बमोजिम कारवाही गर्न उनले माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here