वीरगन्ज १५ चैत ।। पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।  हेटौडास्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा खटिएको टोलीले मङगलबार दिउँसो गाउँपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो ।

गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले रकम कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ ।

कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम , हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर अख्तियारले गाउँपालिकाको कार्यालयमा छापा मारेको हो । अनुदानको रकम  हिनामिना गरि दुरुपयोग गरिएको विषयमै जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

अख्तियारको टोली अहिले पनि गाउँपालिकाको कार्यालयमै रहेको र  अनुदानको रकम दुरुपयोगसम्बन्धी कागज र फाइलहरु संकलन गरिरहेको सापकोटाले जानकारी दिए ।  कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपेयाँका दरले वितरण गर्न लागि केन्द्र सरकारले गत पुस अन्तिम साता जगरनाथपुर गाउँपालिकाको कार्यालयमा ८८ लाख रुपैयाँ पठाएको थियो ।

तर, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले उक्त रकम, कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । गाउँपालिका कार्यालयले भने उक्त रकम , कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेश गरिसकेको छ । तर त्यहाँका  कोभिड प्रभावितत कसैले पनि उक्त रकम पाएका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले स्वंयले पनि अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गरेका छन् । ८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिएको पनि उनले बताए।

तर २४ लाख रुपैयाँ सापटी लिएका साहको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। अनुदानका लागि कसैको आवेदन नै नपरेको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भनाइ छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि कोरोना प्रभावित विपन्न परिवारलाई अनुदान रकम अहिले सम्म वितरण नगरिएको बताए ।

जनतालाइ राहत बाड्न आएको अनुदानको रकम अन्य शीर्षकमा खर्च भएको बारे आफूलाई जानकारी नै नभएको भन्दै उनले भने, ‘रकम दुरुपोयोग भएको रहेछ भने त्यसको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत  नै हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here