जनकपुरधाम ६ चैत ।। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक्कलै स्थानीय तहको निर्वाचनमा लडने भएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने जनमत पार्टीले निर्णय गरेको छ।

शनिबार जुम प्रविभिबाट सम्पन्न जनमतको केन्द्रीय समितिको बैठकले केन्द्रीयस्तरमै कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको हो। यद्यपी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमा चुनावी तालमेल वा गठबन्धन गर्न सकिने नेता वीपी साहले जानकारी दिए।

उनले स्थानीय तहको निर्वाच तथा मतगणना सम्पन्न नहुञ्जेलसम्मलाई नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्नसमेत भनेको बताए । नेकपा एमालेसँग जनमत पार्टीले चुनावी तालमेल गर्ने चर्चा चलिरहेको समय जनमतको यस्तो निर्णय आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here