काठमाण्डाै, १९ पुस ।। जिल्ला अदालत काठमाण्डाै परिसरबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् । प्रहरीले बुधवार हिजाे बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाण्डाै महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएका बताउनुभयो ।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले खोजतलास गरी फेला पारेको हो । डलर देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here