काठमाडौँ, ०३ भदौ ।। प्याज निर्यातमा भारतले ४० प्रतिशत कर लगाएको छ । शनिबार सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो ।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ । मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here