जनकपुरधाम २३ फागुन ।। एक भारतीय महिलाको मिथिला माध्यमिकी परिक्रमामा गर्ने क्रममा बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बाट नेपालको १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह रहेकी छिन् ।

महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत अज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् । उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here