सर्लाही, ०६ असोज ।। सर्लाही प्रहरी १६४ किलो गाँजा फेला परेका छन् । जिल्ला प्रहरी मातहतका टोलीले शुक्रबार राति मलंगवाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

रति समय ५ जनाको समूहले टाउकामा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।प्रहरीले ६ वटा गाँजाको पोका बरामद गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here