रौतहट २० चैत ।। पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति पश्चात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएपछि पर्सिदेखिको चरणबद्ध आन्दोलन शनिवार फिर्ता भएको बताए । व्यवसायीहरूले चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन स्थगित गरेका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ गतेसम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा जनायिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here