रौतहट १८ फागुन ।। रौतहटको गौर बरगनिया सिमा नाका हुदै भन्सार छली गरि ल्याउदै गरेको मोबाईल र घडी सहित गौरबाट १ जना पक्राउ परेका छन् । सदरमुकाम गौर नगरपालिका वडा नं.३ वि.पी.चोकमा भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल घर भएका वर्ष २८ को महम्द हसन आलम पक्राउ परेका छन् ।

हसनले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अं.मुल्य रु.१,४४,८६६।-(एक लाख चौवालीस हजार आठ सय छ्यसठी) बराबरको Oppo कम्पनीको मोबाईल ३ वटा र Vivo कम्पनीको मोबाईल १ वटा समेत गरी जम्मा ४ वटा मोबाईल र टाईटन कम्पनीको घडी-१४ वटा फेला परेको छ ।

निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here