रौतहट १८ फागुन ।। रौतहट जिल्लाको कटहरिया न. पा वाडा न. ३ बिर्ति टोलमा फाल्गुन १८ गते बुधबार लोकतान्त्रिक समाजबादि पार्टी नेपालको वाडा भेला तथा वाडा कमिटी गठन सम्पन्न गरिएको छ । लोकतान्त्रिक समाजबादि पार्टी नेपालको पालिका स्तरीय कमिटि गठनको क्रममा आज वाडा कमिटी गठन सभ्य एवं भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त वाडा भेला कार्यक्रममा २१ सदस्य वडा कमिटी गठन गरेका छ । वडा भेला कार्यक्रममा प्रमुख अथिति लोसपा नेपालका पुर्व जिल्ला अध्यक्ष एवं कटहरिया न.पा. का नगर प्रमुखको भावी उमेदवार श्री राम प्रवेश दास बिशिष्ट अथिति लोसपा रौतहट का महिलानेतृ विना कुमारी को उपस्थितिमा वाडा भेला तथा वाडा कमिटी गठन सम्पन्न गरिएको छ ।
वडा कमिटी गठन कार्यक्रम बाट सबैको सर्वसहमतिले वडा कमिटी अध्यक्ष पदमा श्री केदार प्र. वानिया, उपाध्यक्ष पदमा हरिन्द्र साह, सचीब जियालाल पसवान, काेषाध्यक्ष सजिँता देवि, सहसचिब जमिल भाट, गणेश साह सोनार र सदस्यहरुमा विरेन्द्र राम, सुखाडि माली, मौजेलाल साह कानु, जवाहिर ठाकुर, धनै साह तेलि, विजय यादव लगायत अन्य सद्स्यहरु चयन भएका छन् ।
कार्यक्रम लोसपा नेपालका पुर्व जिल्ला अध्यक्ष एवं कटहरिया न.पा. का नगर प्रमुखको भावी उमेदवार श्री राम प्रवेश दासको प्रमुख अतिथ्यमा र श्री मिश्री मिया धोविको सभपतित्वमा सम्पन्न भएको थियो भने सो कार्यक्रमका संचालक लोसपा का जिल्ला सद्स्य उमाकान्त सहनी रहेका थिए । कार्यक्रममा बोल्दै दास आजको दिनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनताको प्रमुख आवश्यकता रहेको र यस कटहरिया न. पा. मा समतामूलक,स्र्वंगिक, बिकासको लगी एक मात्र उपयुक्त पार्टी लोसपा नेपाल नै रहेको उनले बताए ।
उक्त वाडा भेला कार्यक्रममा कटहरिया नपा का निर्वाचित एवं प्रत्यासि नेताकार्यकर्ता तथा सो वाडा का आम जनता संचारकर्मी,बुद्धजीविहरुको भब्य उपस्थिति रहेको थियो |