काठमाडौं ०५ फागुन ।। दिनहुँ अपराधका घट्ना बढेसँगै देशभरबाट नयाँ चौकी स्थापनाका गरि १० हजार दरबन्दी थप्न प्रस्ताव लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए ।

नयाँ चौकी स्थापनाका लागी दिनहुँ माग आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी विष्णु केसी । उनी भन्छन्– ‘दिनहुँ माग आउने गरेको छ तर, जनशक्ति अभावले गर्दा मागअनुसार स्थापना गर्न संभव भएको छैन् ।’

एकैदिनमा १० वटासम्म नयाँ चौकी स्थापनाको माग लिएर सरोकारवालाहरु प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा धाउने गरेका छन् । जिल्ला सुरक्षा समितिले गरेको सिफारिस अनुसार अहिले देशभर ७ सय ८० ठाउँमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तिमध्ये केही ठाउँमा अस्थायी चौकी स्थापना भएका छन् । प्रदेश–१ मा सवैभन्दा धैरै नयाँ प्रहरी युनिट राख्न माग भएको छ । काठमाडौं उपत्यकामा मात्र १६ ठाउँमा नयाँ युनिट माग गरिएको छ । माग अनुसार नयाँ युनिट स्थापनाका लागी २३ हजार ३४२ प्रहरी आवश्यक हुने प्रहरी प्रधान कार्यालयको प्रक्षेपण छ ।

नयाँ युनिट स्थापनाका लागी प्रहरी प्रधान कार्यालयले तत्काल १० हजार दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । गृह सचिव टेक नारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ३ एआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । तर, सो ओएण्डएम प्रस्तावमा १० हजार दरबन्दी थप्ने प्रस्ताव नसमेटिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । अहिले ७९ हजार ५२३ भन्दा बढी जनशक्ति नेपाल प्रहरीसँग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here