सर्लाही ०५ फागुन ।। सर्लाहीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिपुर नगरपालिका–६ का २० वर्षीय रवीकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका–८ मा चेक जाँच गर्ने क्रममा साहलाई नाईट्रोभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ–रेक्स र एक बोटल डाईलक्स–डिसी सहित पक्राउ गरिएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।