रौतहट ०१ माघ ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको बिकाश गतिमा रहेको माधव नारायण नगरपालिकाका वडा नं. ८ पिपरा रजवडामा माधे संक्रान्तीको शुभ अवसरमा नगर प्रमुख विरेन्द्र प्रसाद यादवले जिर्ण अवस्थामा रहेको इतिहासिक तिरलोकीनाथ महादेव मन्दिर लाई सैन्दर्यकारण गर्न बौनडारीवालको शिलान्यास गरेका छन् । न पा को आर्थिक लगानी जिर्ण रहेको मन्दिर लाई धार्मिक पर्यट्किये अस्थल बनाउने उदेश्यले शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले पौरानिक जानकारी अनुसार तिरलोकीनाथ महादेव माथि आस्था राखनेको मनोकामना पुराहुदै आएको स्थानियहरुले बताए अनुसार नगर प्रमुखले बताएका छन् । न प को वडामा धार्मिक आस्थाको रुपमा रहेको मन्दिर लाई नजर गर्दै शिलान्यास गरिएकोे उनले बताए ।

पछिल्लो समयमा बिकाश निर्माणका गतिविधिलाई तीव्रता दिएका नगर प्रमुख यादवले महादेव मन्दिर सैन्दर्यकारण भए पछि धार्मिक आस्था मजबुत हुने उनले बताए छन् । नगर प्रमुख यादव र वडा अध्यक्ष जितेन्द्र कुश्वाहाले सयूक्त रुपमा सिलान्यास गरेको बौनडारीवाल निर्माण हुन् लागेको ३ महिना भित्र निर्माण भई सक्ने वडा अध्यक्ष कुश्वाहाले बताए ।

उक्त कार्यक्रममा वडाअध्यक्ष जितेन्द्र कुश्वाहा, जसपा नेपालका प्रदेश समिति सदस्य श्यामबिहिरी यादव, सो वडाका वडा सदस्यहरु,संचारकर्मी लगायत समाजसेवी, बुद्दिजीवि सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here