रौतहट ०१ माघ ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको माधव नारायण नगरपालिकाका वडा नं. ८ पिपरा रजवडामा माधे संक्रान्तीको शुभ अवसरमा नगर प्रमुख विरेन्द्र प्रसाद यादवले सामुदायिक भवनको शिलान्यास गरेका छन् । न पा को आर्थिक लगानी र वडा नं. ८ श्री राम जानकी मठले दिएकोको जग्गामा ३ कोठे १ तल्ले सामुदायिक भवनको शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले वडामा बासोवास गरिरहेको वडाबासीहरुलाई बढदो आधुनिकरण, गरिवी, व्यक्तीगत जग्गाको कमि जस्ता समस्यहरुको मध्य नजर गर्दै बिहे, सभा, सेमिनार तथा गोष्ठी गर्नमा कुनै प्रकारको समस्या नहोस भन्ने उदेश्यका साथ सो समुदायक भवनको शिलान्यास गरिएकोे उनले बताए ।

आफनो कार्यकल समयमा बिकाश निर्माणका गतिविधिलाई तीव्रता दिएका नगर प्रमुख यादवले समुदायिक भवनको निर्माणले सामाजिक सदभाव कायम, सार्वजनिक काजपरोजन गर्न मदत पुग्ने बताए । नगर प्रमुख यादव र वडा अध्यक्ष जितेन्द्र कुश्वाहाले सयूक्त रुपमा सिलान्यास गरेको भवन निर्माण हुन् लागेको समुदायिक भवन ३ महिना भित्र निर्माण भई सक्ने वडा अध्यक्ष कुश्वाहाले बताए ।

उक्त कार्यक्रममा वडाअध्यक्ष जितेन्द्र कुश्वाहा, जसपा नेपालका प्रदेश समिति सदस्य श्यामबिहिरी यादव, सो वडाका वडा सदस्यहरु,संचारकर्मी लगायत समाजसेवी, बुद्दिजीवि सर्वसधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here