काठमाडौं १७ असार ।। मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन् । तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन् ।

परिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरेका छन् ।

‘आज यी सामन्ती व्यापारीको घरमा चुलो बल्यो कि बलेन होला मेयरसाप?,’ दमोदर उपाध्यायले बालेन्द्रलाई ट्वीटरमा मेन्सन गर्दै प्रश्न गरेका छन् ।

रमेश खतिवडाले रोजिरोटीको ग्यारेन्टी गरेरमात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरेका छन् । ‘मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस् । घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस् । अनिमात्र महानगरसँग यस्तो गर्ने नैतिकता रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here