मंसिर २९ डेस्क ।। प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण समेत हुन नसकेको समेत बताए । उनले सधै महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले आफ्नो ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दा टुङ्गयाउन नसकेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेशको नामाकरण नहुँदा प्रदेश नं. २, दुई नम्बर प्रदेश आफैलाई घोँच्याउने गरेकाले यस अधिवेशनमा नामाकरण र राजधानीको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here