रौतहट १७ असोज ।। रौतहट जिल्लाको गरुडा नगरपालिकाको छैठो नगरसभा आज आइतबार सम्पन्न भएको छ । रौतहटको मध्यभागमा रहेको आफैँनै नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैँठो नगरसभा अधिवेशन २०७८÷०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ ।

नगर प्रमुख र उपनगर को आपसी तालमेल न मिलेको करण लामो समय देखि बेथिति रहेको गरुडा नगरपालिका केन्द्र सरकारको निर्णय अनुसार भादौ १० हुने नगर सभा ढिलो भएको छ । जनता बिकाश को कार्य ढिलो हुदै रहेको कारण सहमति बाट नभई बहुमतीय बाट नगरसभा गरिएको नगर प्रमुख इन्नु यादव ले बताएको छ ।

राष्ट्रिय गानबाट सुरु भएको नगरसभामा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा गरिएको थियो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख ईन्नु राय यादबले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे । नगर प्रमुख ईन्नु राय यादबले सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना छैँठो नगरसभाबाट ५३ करोड ७५ लाख ६२ हजार रूपैया बजेट विनियोजन गरेको छ । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा नगरपालिकाका नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, कर्मचारी, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिककर्मी,सुरक्षाकर्मी, पत्रकार लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here