रौतहट १७ असाेज ।। प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज देशको चौथो बिद्यालय रौतहटको गौर स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएकाे छ ।

प्रदेश नं २ सरकारका सहकारी तथा कृषि राज्यमंत्री माननीय योगेन्द्र राय यादव ज्यूँको प्रमुख आतिथ्यमा विद्यालयका छात्रालाई ९७ वटा साइकल वितरण गरिएको हो । यो विद्यालयको लागि सरकारले कुल ११९ वटा साइकल वितरण गर्ने रहेको छ । जसमध्ये ९७ साइकल आज वितरण भएकाे छ भने बाँकी रहेको २२ वटा साइकल पनि जन्मदर्ता पेश गरेपछि वितरण गरिनेछ ।

विशेष गरी प्रदेश नं २ लगायत लगभग दक्षिण एसियामा महिलालाई हेर्ने दृष्टिकोण र लैंङ्गिक विभेद्ता जस्ता समस्यालाई समाधान गर्न लैंङ्गिक सामान्ता ,छोरीलाई पठनपाठनको निम्ति प्रोत्साहन गर्नु यो अभियानको मूल उद्देश्य रहेको कृषि राज्यमन्त्री योगेन्द्र यादव बताएका छन् ।

उक्त कार्यक्रममा ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गौर वडा नम्बर २ का वडा अध्यक्ष राकेश झा, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताको बिशिष्ट आतिथ्य तथा गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर,बेटी बचाऊ, बेटी पढ़ाऊ अभियान रौतहटका संयोजक शोभा साह, गीता कुशवाहा, बिद्यालयका शिक्षक शिक्षिका हरू तथा अभिभावक लगायत भद्रभलादमीहरूको उपस्थितिमा साईकल बितरण कार्यक्रम सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here