रौतहट १७ असोज ।। प्रदेश नंबर २ को मुख्यमंत्री कार्यालयमा अख्तियारको छापामार शैलीको बिरुद्धमा जसपा नेपाल रौतहट द्वारा सदरमुकाम गौरमा विरोध प्रदर्शन गरिएको छ । मिति २०७८/०६/१३ गते अख्तियारले प्रदेश न.-२ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा बेटी बचाउ, बेटी पढाउ’ जस्तो जनलोकप्रीय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै अघात पु-याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशापूर्ण रहेको भन्दै प्रदर्शन गरिएको छ ।

जसपा नेपाल सधै अनियमितता, भ्रष्टाचार कमिशनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरूद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदित छ । राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनु पर्दछ । अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य निन्दनिये रहेको ज स पा नेता श्याम बिहारी यादव ले बताएको छ ।

यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणकालागि गरिने लोककल्याणकारी कार्यहरूमा प्रतिकुल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैली प्रति जनता समाजवादी पार्टी घोर विरोध , भर्त्सना र आपत्ति प्रकट गर्दै । अख्तियारको यस पूर्वाग्रही कदम विरूद्ध देशकासम्पूर्ण  जिल्लाहरूमा आयोजन हुने विरोधको कार्यक्रम अनुसार आज दोस्रो दिन रौतहटको सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here