रौतहट ११ असोज । सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका नारीहरुले मनाउने जितिया पर्वको अवसरमा प्रदेश २ मा बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । मिथिलाञ्चलसहित मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा (बुधबार) महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् । उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here