काठमाडौं, २३ माघ ।। चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा परेको उनको मुद्दामा बयान सकिएसँगै उनको थुनछेक बहस सुरु भएको छ ।

लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोग छ । उनको मुद्दामा सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको छ । सरकारी वकिलहरु जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा, अमृत सुवेदीलगायतले बहस गर्ने बताइएको छ ।

त्यस्तै, पीडितको तर्फबाट पनि अधिवक्ताहरुले बहसका लागि वकालतनामा दर्ता गराएका छन् । लामिछानेको तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित ६ जनाले बहस गर्ने छन् ।

सहकारी ठगी प्रकरणमा लामिछाने यसअघि कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट १ कारोड धरौटीमा छुटेका हुन् । उनीविरुद्ध पर्सामा पनि सहकारी ठगीको मुद्दा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here