काठमाडौं २९ साउन ।। नेपाल निजामति कर्मचारी संगठनले प्रस्तावित संघीय निजामति सेवा ऐन आउन ढिला भएकोप्रति आपत्ति जनाएको छ । संगठनले पत्रकार सम्मेलन गरी तीनै तहमा कार्यरत कर्मचारीलाई मार्ग दर्शन गर्ने मुल कानुन निजामति सेवा ऐन जारी गर्न सरकारबाट गरिएको ढिलासुस्तीप्रति आपत्ति जनाएको हो ।

तीनै तहमा कार्यरत कर्मचारीलाई निजामति कर्मचारीको परिभाषामा समावेश गरि तिनै तहका लागि कर्मचारी तथा ट्रेड युनियन मैत्री ऐन जारी गर्न विशेष पहल गरिने संगठनले जनाएको छ । कर्मचारीको माग बमोजिम ऐन जारी नभएमा चरणवद्ध आन्दोलन गर्ने संगठनले चेतावनी दिएको छ ।

संसद्‍बाट अझै संघीय निजामति ऐन जारी भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here