जनकपुर १९ भदौ ।। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेशमा उद्योगको वातावरण वन्न नसकेको आरोप लगाएका छन् । जनकपुर उद्योग वाणिज्य संघको ५५ औ साधारण सभामा मुख्यमन्त्री राउतले मधेश प्रदेशमा लगानी गर्ने उद्योगपतिलाई संघीय सरकारले विभिन्न कानूनी दाउपेच लगाएर रोक्ने गरेको आरोप लगाए । प्रदेश सरकारले उद्योग ऐन र त्यसलाई कार्यान्वयन गर्न नियमावली बनाइ सकेको बताउदै मुख्यमन्त्री राउतले भने,‘ मधेश प्रदेश समतल भू–भाग हो ।

यहाँ उद्योग कलकारखानाको लागि उपयुक्त हो । छिमेकी मुलुक भार तसँग पनि जोडिएकोले उद्योगको लागि चाहिने आवश्यक कच्चा पर्दाथहरु पनि कम खर्चमा ढुवानी गर्न सकिन्छ । तर विभिन्न कानूनी अडचनको कारण लगानीकर्ताहरु लगानी गर्न सकेका छैनन् ।’ प्रदेशमा २ सय वाट विजुली उत्पादन गर्न उद्देश्यले विद्युत्मा लगानी गर्न चौधरी ग्रुप तयार भएका थिए, मुख्यमन्त्री राउतले भने,‘ तर नेपाल विद्युत् प्राधिकरणले त्यसको ईजाजत नदिने भने पछि त्यो कार्य रोकियो ।’ ‘उद्योग कालकारखाना लगाउन जमिनको आवश्यक छ, तर प्रदेशका सरकारी स्वामित्वको जमिनहरु अझै संघीय सरकारको मातहतमा छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले चाहेर पनि केही गर्न सकिरहेको छैन्, मुख्यमन्त्री राउतले भने ।

प्रदेश सरकार प्रदेशलाई उद्योग मैत्री प्रदेश बनाउने लक्ष्यका साथ उद्योग नीति ल्याएको मुख्यमन्त्री राउतले दाबी गरे । जनकपुर उद्योग वाणज्य संघका अध्यक्ष जितेन्द्र महासेठका अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका प्रमुख सचेतक परमेशर साह, जनता समाजवादी पार्टीका प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, पूर्व मेयर बजरंग साह सहितले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here