काठमाडौं, २८ चैत ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हिजो प्रदर्शनका क्रममा व्यापक प्रहरी दमन भएको भन्दै संसद्मा आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेको निर्देशनमा राप्रपाको आन्दोलनमा प्रहरी दमन भएको बताएका हुन् ।

उनले गृहमन्त्री लामिछानेमाथि कटाक्ष गर्दै भने ‘गृहमन्त्रीज्यू अमेरिका बसेर आउनु भएको हो । उहाँ अमेरिकन नागरिक पनि हुनुहुन्थ्यो । अहिले नेपालको नागरिकता लिनु भएको छ । उहाँलाई एउटा कुरा थाहा छ कि छैन ?

लामो समयदेखि माइतिघरमा निषेधाज्ञा जारी गरेको भन्दै उनले आपत्ति जनाए । जनताको आवाज राख्ने थलोमा निषेधाज्ञा जारी गरेर सरकारले अपराध गरेको उनले बताए ।

साथै, हिजोको आन्दोलनमा आफूलाई गृहमन्त्रीले कुटपिट गर्न आदेश दिएको उनको आरोप छ । ‘हिजो मलाई गृहमन्त्रालयको आदेशमा पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसमेत लगाउनु भयो । त्यो भएको कारणले यसलाई हामीले कालो दिनको रुपमा लिएका छौं उनले भने ।

हिजोको आन्दोलनमा प्रहरी दमनका कारण अहिले पनि १८ जना मानिस अस्पतालमा रहेको उनकाले बताए । हिजो आफूले गृहमन्त्री लामिछानेको पक्षमा काँध थापे पनि आज पिट्न निर्देशन दिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here