रौतहट २० जेठ ।। रौतहट जिल्लाको बौद्धीमाई नगरपालिका स्थित बंकुल बजारबाट कबाड बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिलबिजक नभएको कबाड ना २ ख ८४५९ नम्बरको ट्रकमा लोड गरी बारा तर्फ लग्दै गरेको अवस्थामा कबाड सहितको ट्रक नियन्त्रणमा लिईएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक विष्णु उप्रेतीको नेतृत्वमा खटिएको टोलीले करीब १० टन फलामको रड सहितको कबाड नियन्त्रणमा लिएको थियो ।

बरामद भएको कबाड सहितको ट्रक करीब २५ लाख मुल्य बराबरको रहेको र त्यसलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ । रौतहटको विभिन्न स्थानबाट संकलन गरिएको कबाड गोदाममा भण्डारण गरी यसरी नै अवैद्ध रुपले भारत पठाउने गरिएको छ ।

बारा, पर्सा, रौतहट लगायतका जिल्लामा सिमावर्ती क्षेत्रमा खोलिएको कबाड गोदामबाट स्थानीय प्रहरीको सहयोगमा भारत तर्फ अवैद्ध रुपले कबाड तस्करी हुदै आएको स्थानीयले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here