काठमाण्डौ, ०१ फागुन ।। आज देशभर मौसम आंशिकदेखि समान्य बदली रहनेछ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।
दिउँसो पहाडी भू–भागका केही ठाँउमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाँउमा हिमपातको सम्भावना छ ।
आज काठमाण्डौ उपत्यकाको तापक्रम बढेर अधिकतम २१ देखि २३ डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ । आज विहान न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्रि रेहको थियो ।