काठमाडौँ, २४ असोज ।। परराष्ट्रमन्त्री एनपी साउद नेपाली नागरिक उद्धारका लागि बुधबार राति इजरायल जाने भएका छन् । आज राति जाने जहाजमार्फत परराष्ट्रमन्त्री इजनरायल जान लागेका मन्त्री साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए ।

यद्यपी आज राति इजरायल जाने जहाजले नेपाली विद्यार्थीको शव भने नल्याउने भएको छ । हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव आज गएको जहाजले नल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता एवं सह सचिव सेवा लम्सालले यसको जानकारी दिएकी हुन् । यो सँगै इजरायलमा रहेका नेपाली विद्यार्थीको शव ल्याउन ढिला हुने भएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता लिएर आउने जानकारी दिइन् ।

अहिले इजरायल सरकारले नेपाल सरकारलाई नेपाली विद्यार्थीको शव हस्तान्तरण नगरेको लम्सालले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here