रौतहट, २४ असोज ।। स्थानीय तहमा कार्यरत कर्मचारीहरु पेन डाउन गरी आन्दोलनमा उत्रिएका आज दोस्रो दिन पनि जारी राखेका छन् । पेन डाउन गरि कर्मचारीहरु आन्दोलनमा उत्रेका कारण रौतहटका १८ पालिकाका कामकाज प्रभावित भएका छन । आन्दोलनका कारण आम जनता लाई सास्ती भोग्नु परिरहेको आम्जन्को भनाई रहेको छ ।

संघीय निजामती सेवा येनमा संशोधनको मांग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु देश व्यापी रुपमा आन्दोलनको घोषणा गरेपछि स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरु पेन डाउन गरी आज दुइ दिनदेखि धरनामा बसेका हुन । स्थानीय तहमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरुले पेन डाउन गरी धरनामा बसेका कारण स्थानीय तहबाट प्रबाह हुने दैनिक सेवाका काम काज प्रभावित भएको हो । रौतहटको राजदेवी नगरपालिका ,राजपुर नगर पालिका , माधव नगारायण नगरपालिका ,मौलापुर नगरपालिका , ईशनाथ नगरपालिका ,परोहा नगरपालिका , बौधिमाई नगरपालिका , गरुडा नगरपालिका ,बृंदाबन नगरपालिका ,गढ़ीमाई नगरपालिका , चंद्रपुर नगरपालिका , फतवा विजयपुर नगरपालिका , गुजरा नगरपालिका , यमुनामाई गाउपालिका , दुर्गा भगवती गाउपालिकाका कर्मचारीहरु आन्दोलनमा बसेका छन ।

दवाव सृजना गर्ने उदेश्यले जारी रहेको आन्दोलनमा स्थानीय तहका कर्मचारीहरुले संघीय निजामती सेवा एनको सट्टा एकीकृत निजामती सेवा येन जारी गर,निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाइ समेट्नु पर्ने,स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याण कोष अनिवार्य व्यवस्था,तिनै तहका कर्मचारीहरूको सामान बृति विकाश को व्यवस्था गरिनु पर्ने,स्थानीय तहको प्रमुख प्रसाशकीय अधिकृत पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नु पर्ने,लामो समय सम्म अस्थायी तथा करार दरबन्दीमा कार्यरत रहेको र तोकिए बमोजिमको शैक्षिक योग्यता भएको कर्मचारीलाई एक पटकको लागि उमेर हद नलाग्ने गरी लोक सेवा आयोगको सिमित आतंरिक प्रतियोगिताको माध्यमबाट स्थायी गर्ने र उक्त प्रक्रियाबाट स्थायी हुन नसकेका कर्मचारीलाई सेवा अवधीको आधारमा उपयुक्त सेवा सुविधा प्रदान गरी अवकाश दिने व्यवस्था गरिनु पर्ने लगायतका मांग अघि सारिएको छ ।

राजदेवी नगरपालिकामा कार्यरत रहेका कर्मचारीले नेपाल सरकारले मांग सम्वोधन नगरे सम्म आन्दोलन जारी राख्ने बताएका छन । स्थानीय तह कर्मचारी संघर्ष समितिले उठाएका मांग जारी हुन लागेका संघीय निजामती सेवा येन मा सम्वोधन गर्नु पर्ने आंदोलनरत कर्मचारी मनोज यादवले बताए । उहाले बिभेदपूर्ण रुपमा जारी हुन लागेको येन संशोधन हुनु पर्ने धरना राखे । स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा बसेको कारण कार्यालयको दैनिकी प्रशासनिक कामकाजमा असर परेको प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थले बताएका छन ।

पालिकाका प्रमुख प्रशासकीयहरुले कर्मचारीहरुलाई आग्रह गरेर अतिआवशयक काम काज गराउनु परिरहेको बताएका छन । आन्दोलनको कारण कार्यालयको कामकाज प्रभावित भएको कारण सेवाग्राहीहरुलाई समेत समस्या उत्पन्न भएको उल्लेख गरे । पेन डाउन गरी आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारीहरुको उचित मांगलाइ समावेश गरी सम्वन्धित निकाय ले छिटै निकास दिनु पर्ने आवश्यक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here