रौतहट, २२ साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका स्थिति रहेको सानो नाका लक्ष्मीपुर बेलविछवा बाट दिनदहाडै तस्करी भईरहेको छ । प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाका असई र सस्त्र बेस कैंपका एन्स्पेक्टरको मिलोमतोमा तस्करी भईरहेको छ ।

हिन्दूहरुको महान चार्ड पर्व दशै दिपावली र छठको मैका छोपी प्रहरीको सेटिङ्गमा तस्करी भईरहेको स्थानीय प्रत्यक्ष दर्शिको भनाई रहेको छ । २ तस्कर संग करिब ५ लाखको दरले सेटिंग गरी तस्करी गराई रहेको सामाचमा नाम नखुलाउने शर्तमा एक तस्करले जनकारी गराएका छन् ।

असई र एन्स्पेक्टरले नाका देखी गौरको बरहवा पुल सम्मको जिमेवारी लिएको श्रोतले बताएका छन् । तस्कर लाई तस्करीमा मदत पुर्याउन लाई घुमुवाको मदत बाट लाईन किलियर गराउने कार्य हुन्छ भने श्रोतले जनाको छ ।

 

भारत बाट राती सरसमानहरु जस्तै लत्ताकपडा, मशीनरी पार्ट, इलेक्ट्रॉनिक, खैनी, जुताचपल सहित विभिन्न किसिमको अवैध सामाग्रीहरु ल्याई गाउमा राखी दिनमा प्रहरीको सिटिंगमा बिहान देखी लिएर बेलुका सम्म पुर्याउने कार्य भईरहेको स्थानीय दर्शीहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here