काठमाडौँ १८ असार ।। निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शनिवार बारामा विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताएका हुन् ।

उनले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै आयोजना निर्माण नरोकिने समेत बताए । गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको देउवाले प्रष्टाए ।

उनले भने, ‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो। त्यसैले दुवै आयोजना बन्नुपर्छ । त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो । यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताए ।

उनले समयमै विमानस्थल नबने राज्यको अर्बौँ लगानी खेर जाने बताए । यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here