जनकपुरधाम, २२ भदौ ।। स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुक्रबार दिउँसो करिब डेढ बजेको समयमा एक जना भारतबाट नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

युवकलाई चेकजाँच गर्दा आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here