दाङ २८ माघ ।। जुत्ता–चप्पल गोदाममा आगलागी हुदा जलेर ५ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति आलगागी भएको प्रहरीले जनाएको छ । जसमा जलेर पाँचजनाको मृत्यु भएको ५ जनाको मृत्यु भएको हो।

No description available.

आगलागीमा ५ जनाको मृत्यु भएको बुझिएपनि उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत्को मिटर पड्किँदा राति २ बजेदेखि आगलागी भएकाे हाे।

No description available.

आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए।

No description available.

आगो नियन्त्रण​ गर्न झन्डै ५ घण्टा लागेकाे प्रहरीले जनाएकाे छ।
घटनाको विस्तृत विवरण आउन आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here