जनकपुरधाम, ०३ भदौ ।। शहीद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस मनाइएको छ । उनको जन्मभूमि धनुषाको बरमझियामा नेकपा (माओवादी केन्द्र)ले शनिबार मनाएको हो । तत्कालीन नेकपा माओवादीले जनयुद्धको पूर्व तयारीकै क्रममा वि.सं. २०५१ भदौ २ गते रामवृक्ष यादवको हत्या गरेको थियो ।

२००३ सालमा धनुषाको बरमझियामा जन्मेका रामवृक्ष ‘मास्टर साहेब’को नामले चर्चित थिए । उनका एकमात्र छोरा चन्द्रशेखर यादवको पनि जनयुद्धमै सहादत भएको थियो भने पत्नी रामकुमारी यादवको एक दशक अघि खाना पकाउने क्रममा ग्यास लिक भएर जलेर मृत्यु भएको थियो ।

उनको २९ औं स्मृति सभालाई नेकपा (माओवादी केन्द्र)का सचिव तथा मधेश प्रदेश ईन्चार्ज लिलामणी पोखरेलले सम्बोधन गर्दै माओवादीले जनताको लागि सुरु गरेको जनयुद्ध अहिले नै अन्त्य भएको नबुझ्न आग्रह गरे । उनने माओवादीले अहिलेका लागि जनयुद्ध स्थगित मात्रै परेको र आवश्यक परे फेरी जनताका लागि जनयुद्ध सुरु गर्ने बताए । उनले काँग्रेस एमाले लगायतका दल अझै पनि माओवादी प्रति जालझेल गरिरहेको आरोप लगाए ।

उनले अहिलेको निर्वाचन प्रणाली पुँजीपति वर्गका लागि मात्रै रहेको बताए ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो भएकोले यो प्रणाली गरिब निमुखाको लागि नरहेको उनको तर्क छ ।

उनले माओवादी पार्टी अहिले पनि यो निर्वाचन प्रणाली फेर्न संघर्ष गरिरहेको रहेको बताए । माओवादीको मूल एजेण्डा अहिले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रिय सदस्य एवं धनुषा ईन्चार्ज श्रवण बरबरीया, पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्रीहरु बोधमाया यादव, पुर्वमन्त्री अजय शंकर नायक, महेन्द्र पासवान, मधेश प्रदेशकी मन्त्री सुनिता यादव, जिल्ला अध्यक्ष दिपक यादव, रामवृक्ष यादवका त्यो बेलाका समकालीन शोभित यादव, दलित मुक्ति मोर्चाका प्रदेश सचिव बिनोद महरा लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here