सर्लाही, ०३ भदौ ।। सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् ।
सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।
उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ । बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।