रौतहट । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई बलियो बनाउन, सामाजिक कुप्रथाको अन्त्य गर्न र संसदको भूमिकाबारे जनता र जनप्रतिनिधि बिच प्रत्यक्ष सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । लैंगिक हिंसा र सामाजिक कुप्रथाको अन्त्यका लागि जनताको ऐक्यबद्धता रौतहट क्षेत्र नं २ अन्तर्गत इशनाथ नगरपालिका वडा नं ३ श्री ईशनाथ महादेव मन्दिरको प्राङ्गगनमा संघीय सांसद सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रुपमा सहभागिता साथ सम्पन्न भएको हो ।

महिला तथा सामाजिक मामिला समिति प्रतिनिधि सभाको आयोजना र यूएनडीपि संसद सहयोग परियोजनाको सहकार्यमा “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा” हामी सबैको प्रतिबद्धता “लैंगिक हिंसा अन्त्यको लागि समाजिक कुप्रर्थाहरुको अन्त्यका लागि संसदको भूमिका सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम अहिले सम्म यो क्षेत्रमै भएको थिएन । यो सार्वजनिक कार्यक्रम यहाँको जनताको लागि पहिलो पल्ट भएकोले स्थानीयहरु धेरै हर्षित देखिए । जनसमुदाय र जनप्रतिनिधि बिच खुल्ला साम्वाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा महिला तथा सामाजिक मामिला समितिका सभापति तथा यस क्षेत्र नं २ को संघीय सांसद किरण कुमार साहले जनताले मसँग प्रत्यक्ष सवाल जवाफ गर्न पाइएकोले आज मेरो लागि ठूलो सौभाग्यको दिन रहेको बताए ।

लैंगिक हिंसा र सामाजिक कुप्रथाको अन्त्यका लागि सबैको ऐक्यबद्धता हुन जरुरी देखिएको छ । हाम्रो समाजमा दाईजो यस्तो रोगको रुपमा तिब्रगतिले फैलिरहेका छन कि यसबाट हजारो हजार घर परिवार कँगाल भइरहेको छ । दाईजो भन्नाले कन्या पक्षले विवाहको बेला वर पक्षलाई दिने सम्पत्ति, नगद रकम, गरगहना, जग्गा हो । समुदाय विशेषमा दाइजोलाई दहेज तथा तिलक पनि भन्ने गरिन्छ । दाइजो भनेको कुनै पनि जात र समुदायमा छोरीको विवाहमा केटा पक्षलाई दिइने गरगहनालगायतका चल अचल सम्पत्र् िहो भने तिलक भनेको विवाहपूर्व केटी पक्षले केटा पक्षसँगको भेटमा दिने नगद, लुगाफाटा तथा गरगहना आदि हो । तर यो क्यान्सर भन्दा ठूलो रोगथ हो जसलाई कुप्रर्थाको रुपमा चिनिने गरिएको उनले बताएका छन ।

सभमाति साहको भनाई अनुसार परापूर्व कालदेखि बिहे गरेर दिएकी चेलीलाई कर्मघरमा गाह्रोसाह्रो नहोस्, राम्रोसँग लालनपालन होस् तथा धनपैसोको अभावमा तत्कालका लागि दुःख भोग्नु नपरोस् भन्ने पवित्र सोचका साथ कन्याका अभिभावकले राजीखुसीले कन्यादानसँगै दिने दाइजो समयसँगै विकृत हुँदै गयो उनले जिक्र गरे ।
अहिले दाइजो प्रर्था समाजमा महिला हिंसा तथा विकृतिको एक ठूलो कारक तत्व बनिरहेको छ । दाइजोको विकृति नियन्त्रणका लागि नेपालमा रहेको सबैभन्दा बलियो कानुन बनेको सामाजिक व्यवहार सुधार ऐन, २)३३ हो । सो कानुन अनुसार विवाह हुँदा जिउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्परा अनुसार राजीखुसीले दिनेले पनि बढीमा १) हजार रुपियाँसम्मको मात्र दाइजो दिन हुन्छ र त्यसभन्दा बढी लिए दिएको दाइजो जफत गरी १) हजार रुपियाँसम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । विवाह हुँदा तिलक लिन नहुने र लिनेलाई १२ हजारदेखि पच्चीस हजार रुपियाँसम्म जरिवाना वा ३) दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । नेपालको वर्तमान संविधान–२)७२ मा समानताको हक अन्तर्गत पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक रहने प्रावधान रहेको छ ।

संविधानमा महिलाको हकमा महिलाविरुद्ध कुनै पनि हिंसा र शोषण गर्नु दण्डनीय हुने छ भनी लेखिएको छ । यस्तो कानुनी व्यवस्था भए पनि तराई क्षेत्रमा दाइजो प्रथा विकृतिको रूपमा मौलाउँदै गएको आजभोली झन बिक्राल हुदै भएको उनले दाबी गरे । दाइजो लिने र दिने कार्यलाई सामाजिक प्रतिष्ठाको विषय बनाउने समेत गरिएको छ । दाइजो नल्याएको निहुँमा महिलालाई जिउँदै जलाउने, शारीरिक तथा मानसिक यातना दिने, घर निकाला गर्ने तथा हत्या गर्नेसम्मका घटना हुने गरेका छन् । छोरीको बिहेमा दाइजो दिनका लागि ऋण काढ्नुपर्ने अवस्थाले गर्दा गरिब अभिभावकहरूको अवस्था झनै पीडादायी बनेको छ । धेरै ऋण खोजेर छोरीको बिहेमा दाइजो दिने अभिभावकहरूले ऋण तिर्नका लागि आफ्नो घरखेत बेच्दा सडकको बाससमेत हुनुपरेको सभापति साहले सबै माझ आफनो बिचार राखेका हुन ।

सपभाति साहले दाइजो प्रथा यसरी विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद जस्ता कारण जिम्मेवार छन् । वास्तवमा विवाह भनेको कुनै कारोबार तथा लेनदेनको विषय होइन । यसलाई बेहुला पक्षले पैसा कमाउने तथा सम्पत्र् िआर्जन गर्ने अवसरका रूपमा लिइनु हुँदैन । यो सृष्टिलाई निरन्तरता दिने तथा महिला र पुरुषको मिलन गराउने प्रक्रिया हो । दाइजो प्रथा जस्तो कुप्रथा हटाउन सकिएमा महिलामाथि हुने शारीरिक तथा मानसिक हिंसा धेरै मात्रामा घट्ने छन् । दाइजोको निहुँमा आफ्ना श्रीमती तथा बुहारीमाथि हिंसा र शोषण गर्नेमाथि कडा दण्डको व्यवस्था गरिनु पर्दछ । कानुनविपरीत धेरै दाइजो लेनदेन गर्नेलाई कानुनबमोजिम दण्ड दिनु पर्दछ । दाइजोका विकृति, नकारात्मक असर तथा कानुनी व्यवस्थाका बारेमा जनचेतना जगाउनु पर्दछ । छोरीहरूलाई राम्रो शिक्षादीक्षा दिएर आत्मनिर्भर बनाउनु पर्दछ । यसो गरिएमा मात्र सभ्य, संस्कारयुक्त तथा हिंसारहित समाज निर्माणमा सघाउ पुग्ने छ । छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न सक्ने शिक्षा तथा असल संस्कार दिए पुग्दछ भन्ने मान्यता समाजमा स्थापित गर्नु आवश्यक रहेको बताए ।

संघीय सांसद तथा सभापति साहको भनाई बोक्सी कुप्रर्थाको सबभन्दा बढी तराई मधेशको महिला सिकार बन्दैछ । “हाम्रो समाजमा अझै पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक वहिष्कार गर्ने प्रवृत्र् िछ”, “समाजमा रहेका अन्धविश्वास, कुरीति, डर भयलाई हटाउन यो अभियानलाई समाजमा पु¥याई उनले सबै सहभागिसँग आग्रह गरेका छन ।
त्यस्तै हाम्रो समाजमा जबसम्म मानिस सचेत हुँदैनन, शिक्षित हुदैन, छोरा सरह छोरीले पनि शिक्षा हासिल गर्न सक्दैन तबसम्म कुप्रथा अन्त्य हुने अवस्था म देख्दिैन, समाजमा बोक्सी कुप्रथाले जरा गाडिरहेको अवस्थामा यसको अन्त्यका लागि सामाजिक संस्कारको आवश्यकता रहेको यूएनडीपिका संसद सहयोग परियोवना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका अधिकारी डा.बिटुबाबु श्रीवास्तवले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले यूएनडीपिलाई धन्यवाद ज्ञापन गर्दै देशकै सबभन्दा बढी शिक्षा क्षेत्रमा पछाडी परेको हुनाले यहाँ विशेष तालिका, जनचेतनामूल कार्यक्रम ल्याउनुपर्छ भने अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here