मंसिर १९, रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारीद्वारा अनिश्चितकालका लागि तालाबन्दी गरिएको कृयाशिल पत्रकार दिलिप पाण्डेले जानकारी दिएका छन । कृयाशील पत्रकारहरु द्वारा पहिलेको कार्यसमितिले नयाँ सदस्यता नदिएको भन्दै लामो समयसम्म ताला बन्दी गरेको थियो तर चुनावको बेला पत्रकार महासंघ केन्द्रीय कार्यालय द्वारा चुनाव सके लगतै देखि लागु हुने गरी २६ नयाँ सदस्य र २ जनाको नविकरण हुने परिपत्र जारी गरे पछी तला बन्दी खोली चुनाव सम्पन्न भएको थियो । तर नव निर्वाचित कार्य समितिले केन्द्रीय समितिको निर्णय लाई लत्याउदै त्यो लागु नगरी आफ्नो एकलौटी निर्णय र तानाशाही लाददै गयो । यस कार्य कालमा पनी कृयाशील पत्रकार लाई वास्ता नगर्दैन सदस्य दिएको छौन । लामो समयदेखि पत्रकारिता गर्दै आइरहेको पत्रकारहरु नयाँ सदस्यता थप नगरेर शाखाका अध्यक्ष र कार्यसमितिले एकलौटी गरेको भन्दै तालाबन्दी गरिएको पाण्डेले बताए ।

यही २८ गते केन्द्रीय समितीले निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको तर,क्रियाशिल पत्रकार एकजना पनि सिफारिस नगरेका कारण आन्दोलनको बाटो रोज्नुपरेको पत्रकार सत्येन्द्र प्रताप सिंहले बताए । अनिश्चित तालावन्दीले पत्रकार महासंघको निर्वाचन प्रभावित हुने अवस्था जिल्ला र प्रदेश समितीले आफै सिर्जना गरेको कृयाशिल पत्रकारहरुको भनाइ रहेको छ ।

पटक पटक नविकरण तथा नयाँ सदस्यताको लागि तालाबन्दी र सहमति सम्झौता गर्दा गर्दै अहिले सम्म त्यो विषयमा केही सुनुवाइ नहुँदा रौतहट शाखामा क्रियाशील पत्रकार संघर्ष समिति रौतहट र प्रेस मञ्च नेपाल रौतहट शाखाका पदाधिकारीद्वारा अनिश्चितकालका लागि तालाबन्दी गरेको प्रेस मंच रौतहट जिल्ला अध्यक्ष किशोरी यादवले बताए ।

यो कदम शाखाको अध्यक्ष प्रेमचन्द्र झाले प्रदेश समितिमा आफ्नो मनोमानी ढंगबाट सिफारिस गरेको र निष्पक्ष पत्रकारहरूलाई सदस्यताबाट बञ्चित गराएको आरोपका कारण भएको हो। संघर्ष समितिले निष्पक्ष पत्रकारिता सुनिश्चित गर्न क्रियाशील पत्रकारहरूलाई सदस्यता प्रदान गर्न माग गरेको छ। ताला नखोल्ने चेतावनी दिँदै संघर्ष समितिले महासंघभित्र जातीय, नातावाद, र पक्षपातका कारण असन्तुष्टि रहेको पत्रकार अरबिन्द यादवले बताएका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखामा हाल भइरहेको ताला बन्दीको मुख्य कारणमध्ये एक क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो हो। संघर्ष समितिका अनुसार निष्पक्ष रूपमा काम गरिरहेका पत्रकारहरूलाई छाडेर व्यक्तिगत सम्बन्धमा आधारित व्यक्ति तथा आसेपासेलाई मात्र सदस्यता वितरण गरिएको आरोप छ। यसले महासंघमा पक्षपात र अन्याय भएको महसुस गराउँदै ताला बन्दीको अवस्था सिर्जना भएको हो।संघर्ष समितिले सदस्यता वितरणमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न माग गरिरहेको छ। जबसम्म क्रियाशील पत्रकारहरूलाई उचित सदस्यता प्रदान गरिंदैन, ताला बन्दी कायम रहने चेतावनी समेत दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here