रौतहट १७ फागुन ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेश प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताल गौरको मुख्य गेट अगाडी संचालन रहेको गौर हॉस्पिटल प्राइभेट लिमिटेडले बिरामी ठगी गरिएको माथी छानविन गर्न स्थानीयहरुले जोरदार मांग गरेका छन ।

जिल्लाको मुख्य सरकारी अस्पतालको रुपमा रहेको गौर अस्पतालमा स्वास्थ्य सेवा लीन जाने विरामीहरुलाइ झुक्याएर अनुचित लाभ लिने उदेश्यले जिल्ला अस्पतालको नाउ संग मिलने खालको नाउ राखेर संचालन गरेका गौर हॉस्पिटल प्रालि को दर्ता र नाम प्रक्रिया बारे छानविन गर्नु पर्ने जोरदार मांग गरिन थालिएको हो ।

गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेका गौर अस्पताल भित्र प्रबेश गर्ने मुख्य गेट देखि पूर्व करीव ५० मीटर कै दुरी मा मिलने नाउको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरुको भनाइ रहेका छन । घनश्याम साह , राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएका गौर हॉस्पिटल प्रा ली ले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्न चर्को शुल्क लिने गरेको बुझिएको छ ।स्वास्थ्य सेवा प्रबाह गर्ने उदेश्य राखेर अस्पताल सञ्चालन गर्न चाहदा सदर अस्पतालबाट सहमति लिनु पर्ने प्रावधान रहेकोमा सो नलिकन एउटै नामबाट अर्को अस्पताल खोल्नु अवैधानिक रहेको स्थानीय विनोद यादवले बताएका छन ।

तत्कालीन गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गौर हॉस्पिटल प्रा ली सञ्चालनको लागि अनुमति प्रदान नगरेको अस्पतालको नाउ परिवर्तन गर्नु पर्ने जानकारी हुदा हुदै पनि गौर अस्पतालको नक्कल गरी खोलिएको अस्पताल माथि छानविन गर्नको लागि राजदेवी नगरपालिका वड़ा नम्बर ७ निवासी राकेश कुमार यादवले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी समेत दर्ता गराएका छन । दर्ता गराइएको उजुरीमा गौर हॉस्पिटल प्रालि के कुन प्रक्रिया अपनाई दर्ता गराएको , कुन निकायबाट नाउ राख्न सहमित लिएको , नेपाल सरकारलाइ तिर्नु पर्ने कर तिरेको हो होइन , लेखापरीक्षण गराएको हो होइन ,सहितको सम्पूर्ण कागजात झिकाएर छानविन गरी कार्यवाही गर्न उल्लेख गरिएको छ ।

गौर हॉस्पिटल प्रा लि को विषयमा गहन रुपमा छानविन गरी क़ानूनी कार्यवाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिबद्धता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here