रौतहट ०२ भादौ ।। रौतहट जिल्लाको मध्य भागमा पर्न बर्षौ देखी बन्द रहेको श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको बृहद किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ । उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिब्द्धता जनाएका छन् ।

प्रमुख आतिथिको आसन्नबाट सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि ३० करोड रकम संघिय सस्कारबाट व्यवस्थापन गराउने प्रतिब्द्धता जनाएका छन् । २०५१ सालमा स्थापना भएको श्री राम सुगर मिल्सको लागि नेपाली कांग्रेसका पूर्व मन्त्रि शेख इद्रिसको अहम योगदान भएको चर्चा गर्दै रौतहट, वारा र सर्लाहीको किसानको मेरुदण्डको रुपमा रहेका उद्योग संचालन गराएर छाड्ने उदघोष समेत गरे ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य किरण साहले बन्द रहेको चिनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनु पर्ने बताए! उहाले संचालनको लागि सडक देखी सदन सम्म आवाज उठाउनु पर्ने जोड दिए । मधेश प्रदेशमा बन्द भएको उद्योग कल कारखाना संचालन गराउन सदनमा आवाज उठाएको बताउदै रौतहटको धरोहर को रुपमा रहेको चिनी मिलको जग्गा बिक्रि गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिकार्य गर्न पछि नहट्ने बताए ।

आम सभामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रि अब्बुल कलाम अजाद उर्फ फुलबाबुले प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नु पर्ने बताए । चिनी मिल संचालनको लागि पटक पटक आवाज र संघर्ष गर्दै आएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको आम सभामा पुर्ब संबिधान सभा सदस्य राम कुमार भट्टराई, पूर्व राजदुत डाक्टर बंशीधर मिश्र, पूर्व कृषि राज्य मन्त्रि योगेन्द्र यादव, प्रदेश सांसद कनिश पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थ मुनि जयसवाल, बौद्धिमाई नगर पालिकाका मेयर प्रदिप यादव, बृन्दा बन नगर पालिकाका नगर प्रमुख बिनोद पटेल, पुर्ब मेयर राम स्नेही यादव नगर प्रत्यासी बृज किशोर यादव, अनिल यादव, दिपक यादव, सुनिल यादव, विजय यादव लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here