काठमाडौँ, २२ भदौ ।। विपी साहित्य सम्मानबाट जनकपुरधामका डा राजेन्द्र विमल सम्मानित भएका छन् । विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले डा. विमललाई सम्मानपत्रसहित पुरस्कृत गर्नुभएको हो ।

जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि उक्त पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here