काठमाडौं, १३ भदौ ।। सप्तरीका बोदेबर्साइन नगरपालिकाका मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बोदेबर्साइन नगरपालिका मेयर आतेशकुमार सिंह, निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल र तत्कालीन वडाध्यक्ष रामानन्द चौधरीसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ बिगो माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आव २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी झुला बिल पेश गरे भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। अख्तियारले वडा नम्बर ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी अनुसन्धान हुँदा दोषी पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here