सिरहा, ०६ भदौ ।। सिरहामा नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबाँसबाट खटेको टोलीले नापी कार्यालय लाहान, सिरहामा कार्यरत कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगले नापी कार्यालय लाहान, सिरहामा कार्यरत अमिन दिपरञ्जन यादवलाई सेवग्राहीसंग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिएको भन्दै नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।