रौतहट १० चैत ।। पुर्व मन्त्री प्रभु साह विरूद्ध सांसद झाले दिइन् उजुरी दिएकी छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साहविरुद्ध एमालेकी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले पार्टीमा उजुरी दिएकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित बिहीबार उजुरी दिएकी हुन् ।
झाले रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको आरोप लगाएकी छिन् । रौतहट जिल्लाको अधिवेशन मनोपरि ढंगले गरेको जिल्ला अधिवेशन फेरि हुनु पर्ने उनले माग गरेकी छन् । माओवादी केन्द्रका नेता साह नेकपा विभाजन भएर दुई पार्टी भएपछि एमालेमा बसेका थिए ।