एजेन्सी, ०६ भदौ ।। अभिनेता तथा भाजपा सांसद सन्नी देओल यति बेला चर्चामा छन् । यसको एउटै कारण फिल्म गदर–२ को सफलता होइन, बैंक अफ बडोदाको नोटिस पनि हो, जसमा सन्नी देओलको मुम्बईमा रहेको बंगला लिलामी गर्ने भनिएको थियो ।

बैंकले डिसेम्बर २०२२ देखि, गुरदासपुरका सांसद, सन्नी देओलले बैंक अफ बडोदामा ५५.९९ करोड भारु ऋण तिरिरहेका छैनन् । त्यसैले उनले धितो राखेका बंगलाका ई–लिलामी गर्ने बताएको थियो ।

यो सूचना अगस्ट १९ मा अखबारमा छापिएपछि मानिसहरूले सन्नी देओललाई ऋण नतिरेकोमा प्रश्न गर्न थाले । उनले यसलाई व्यक्तिगत कुरा भन्दै टिप्पणी गर्न अस्वीकार गरे ।

तर, दुई दिनपछि बैंक अफ बडोदाले ‘प्राविधिक कारण’ भन्दै यो सूचना फिर्ता लियो ।

आखिर बैंकले किन यस्तो गर्‍यो भनेर प्रश्न उठ्छ । के सनी देओल ऋण तिर्न तयार छन् ? के बैंकमाथि कुनै दबाब थियो ? बैंकले जुन कारण दियो त्यसमा कत्तिको दम छ ?

sunny deol

सन्नी देओलके हो त कुरा ?

अभिनेता सनी देओलले मुम्बईको जुहुस्थित ‘सनी भिल्ला’ बंगला धितो राखेर बैंक अफ बडोदाबाट ऋण लिएका थिए ।

यो ऋणमा भाइ बबी देओल र बुबा धर्मेन्द्र सिंहलाई ग्यारेन्टर बनाइएको थियो भने ‘सनी साउन्ड प्रालि’लाई कर्पोरेट ग्यारेन्टर बनाइएको थियो ।

मनी कन्ट्रोल न्युज वेबसाइटका अनुसार उनले सन् २०१६ मा फिल्म निर्माणका लागि यो ऋण लिएका थिए ।

सन् २०१९ को लोकसभा चुनावका बेला निर्वाचन आयोगलाई दिएको शपथ पत्रमा सनी देओलले आफूले करिब ५० करोड रुपैयाँ ऋण लिएको बताएका थिए ।

समयमै ऋण तिर्न नसकेपछि बैंकले सन् २०२२ को डिसेम्बरको अन्त्यमा यसलाई निष्क्रिय सम्पत्ति (एनपीए) घोषणा गरेको थियो ।

sunny deol bank1

सन्नी देओल बैंकले के गर्‍यो ?

बैंक अफ बडोदाले सनी देओलको बंगला बेच्ने निर्णय गर्‌याे जुन उनले आफ्नो पैसा फिर्ता गर्न धितो राखेका थिए ।

बैंकले अगस्ट १९, २०२३ मा धेरै पत्रिकामा सूचना जारी गर्दै सन्नी देओलले डिसेम्बर २०२२ देखि करिब ५६ करोड रुपैयाँ तिर्न बाँकी भएको र यो रकममा ब्याज बाँकी रहेको बताउँदै उक्त बंगला लिलामी गर्न लागेको जानकारी दियो ।

लिलामीको लागि बंगलाको आधार मूल्य ५१ करोड ४३ लाख र मिति, सेप्टेम्बर २५, २०२३ राखिएको थियो । बैंकले इच्छुक खरिदकर्तालाई आधार मूल्यको १० प्रतिशत रकम जम्मा गरी अनलाइन लिलामीमा सहभागी हुन आग्रह गरेको थियो ।

सूचना जारी गर्दै बैंकले हाल बैंकको ‘सिम्बोलिक कब्जा’ मा रहेको अर्थात बंगला अझै पूर्ण स्वामित्वमा नरहेको स्पष्ट पार्‍यो । साथै इच्छुक खरिदकर्ताले सेप्टेम्बर १४ गते हेर्न आउन सक्ने पनि बतायो ।

बैंकको कार्यशैलीमा उठेको प्रश्न

त्यसको दुई दिनपछि ‘प्राविधिक कारण’ देखाउँदै बैंकले सूचना फिर्ता लियो ।

बैंकले विज्ञप्ति जारी गर्दै यसका पछाडि तीन वटा कारण दिएको छ । पहिलो कारण थियो – कति रकम असुली हुने भन्ने यकिन जानकारी बैंकसँग छैन ।

ओरिएन्टल बैंक अफ कमर्सको एसेट रिकभरी म्यानेजमेन्ट शाखामा प्रमुख पदमा बसेका केशव खनेजाले बैंकको यो भनाइमाथि प्रश्न उठाएका छन् ।

उनी भन्छन्, ‘बैंकले पत्रपत्रिकामा बिक्री सूचना जारी गर्दा कर्जाको बक्यौता रकम स्पष्ट लेखिएको हुन्छ, त्यसैले यो कुराको कुनै आधार म देख्दिनँ ।

बैंक अफ बडोदाले सूचना फिर्ता लिनुको अर्को कारण बताएको थियो – बिक्री सूचना बंगलाको प्रतीकात्मक कब्जामा आधारित थियो । बैंकले अगस्ट १ मा मुख्य महानगरीय मजिस्ट्रेट समक्ष कब्जाको निवेदन दिएको थियो जुन विचाराधीन छ ।

केशव खनेजा भन्छन्, ‘बैंकले बिक्रीको सूचना जारी गरेको सरफोसी ऐनअनुसार प्रतीकात्मक कब्जामा मात्रै सम्पत्ति लिलाम गर्ने अधिकार बैंकलाई छ । बैंकले सामान्यतया सम्पत्ति बिना एनपीए हुँदा लिलामी गर्छ । त्यसैले बैंकले सूचनामा साङ्केतिक कब्जाको कुरा स्पष्ट लेखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here