पुस ११ एजेन्सी ।। म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ । बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन् । घटनामा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको जनाइएको छ ।

सर्वसाधारणको गाडीमाथि सैनिकले घातक आक्रमण गरेको जनाइएको छ । जसका कारण थुप्रै शवहरु जलेर नचिनिने अवस्थामा छन् । शुक्रबार भएको घटनामा थुप्रै महिला र बालबालिकासमेत परेको जनाइएको छ ।

सैनिकले भने कारबाहीमा केही आतंकवादी हताहत भएको प्रतिक्रिया दिएको छ। गत वर्षको फेब्रुअरीमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा कयौँ सर्वसाधारणहरु प्रदर्शनका क्रममा मारिएका छन् । निर्वाचित नेतृ आङ सान सुकी लगायतलाई सैनिकले नियन्त्रणमा लिएर गम्भीर मुद्दाहरु लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here